logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक स्थगित


अंकुरण खबर
1.027K
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको संसदमा सम्बोधनलगायतका गतिविधिले व्यस्त रहने तथा अर्का अध्यक्ष प्रचण्ड अस्वस्थ भएपछि बैंठक शनिबार ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् ।