logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजनीतिक दल नमिले देश संवृद्ध हुदैन : राष्ट्रपति भण्डारी


अंकुरण खबर
1.235K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने  संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।   संविधान दिवसको अवसरमा शुक्रबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमा सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण एवम् अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन्

कार्यक्रममा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई मरोणपरान्त प्रदान गरिएको थियो । स्वर्ण पदक पूर्वप्रधानमन्त्री सुशील कोइराला भाइ पूर्वसभासद अशोक कोइरालाले बुझेका थिए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न सरकारले उदासीन भएको आरोप लगाए ।