logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखा केन्द्रबिन्दु भएर भूकम्प


अंकुरण खबर
1.092K
Shares

काठमाडौं –  गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।