logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हजारौं एप निलम्बित : फेसबुक प्रयोगकर्ताको विवरण चुहाएको आरोप


अंकुरण खबर
1.014K
Shares

आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ।

निलम्बित एपहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए। फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको बताएको छ।

सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकलाई सुरक्षाको विषयमा ठूलो दबाव परेको थियो।

केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो। फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप छ।

फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिबाना तिरायो।