logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुका लागि आजबाट अग्रिम टिकट खुला


अंकुरण खबर
1.313K
Shares

काठमाडौँ – दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज (आइतबार) बाट अग्रिम टिकट खुल्ने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैँका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला हुन लागेको हो ।

आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।