logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति साँढे १२ बजे काठमाडौँबाट रोल्पाका लागि जादै गरेको ना ४ ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।