logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शालिकराम पुडासैनी मृत्यु प्रकरणः रविसहित तीनैजना आज अदालतमा उपस्थित हुने


अंकुरण खबर
2.899K
Shares

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जना आज चितवन जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । जिल्ला अदालत चितवनमा शालिकराम पुडासैनी मृत्यु प्रकरणको बकपत्र आजदेखि सुरु हुने भएपछि रविसहित तीनैजना उपस्थित हुने भएका हुन् ।

घटनाको मुचुल्का बनाउने क्रममा रहेका साक्षी र जाहेरबालाको बकपत्रका लागि उपस्थित हुन लागेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पुडासैनी आत्महत्या प्रकरणमा रवि पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीसँगै पक्राउ परेका युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी तोकिएको थियो भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले भदौं ९ गते रिहा गरेको थियो ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनैजनालाई साउन ३० गते अनुसन्धानका लागि पक्राउ गरेको थियो ।