logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मोटरसाइकल चोर्ने गिरोह पक्राउ : राजधानीमै चलाइन्छ चोरीको मोटरसाइकल


अंकुरण खबर
1.521K
Shares

चाडबाड नजिकिएसंगै मोटरसाइकल चोरीका घटना पनि बढेको पाइन्छ । यसै बीच भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।

चोरीका तीन मोटरसाइकलसहित ७ जनालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल छन् । त्यस्तै सोही गिरोहमा संलग्न चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका २३ वर्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ ।