logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अराजक तत्वहरु सलबलाए पनि राज्य व्यवस्थाप्रति खतरा छैन् : प्रचण्ड


अंकुरण खबर
1.95K
Shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केही अराजक तत्वहरु सलबलाए पनि राज्य व्यवस्थामाथि खतरा नरहेको बताएका छन् । आइतबार विराटनगर अध्यक्ष प्रचण्डले
पछिल्ला केही दिन यता उच्छृंखल तत्वले सरकार र व्यवस्थाप्रति कपोकल्पित कुरा गरि भ्रम सृजना गर्न खोजेकाले त्यसको प्रतिकार गर्नुपर्ने बताएका छन् ।

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेर अघि बढ्नुको बिकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको पनि बताए । उनले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेको भन्दै नयाँ शिराबाट गति दिने कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी गरे ।
एक अर्को प्रसंगमा उनले एसिया प्यासिफिक समिटमा नेपाल जाने भनेर कहिल्यै निर्णय नभएको स्पष्ट पारे ।