वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले रु.५ लाख रुपैयाँ राशीको उक्त पुरस्कार डा. रुइतलाई प्रदान गरेकी हुन् ।
त्यस्तै राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ दिइएको छ । भदौ अन्तिम हप्ताको मन्त्रिपरिषदले राष्ट्रिय प्रतिभा पुरस्कार र राष्ट्रिय प्रतिभा अनुदान दिने निर्णय गरेको थियो ।