logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ यू–१८ : आज भारत र बंगलादेश भिड्दै


अंकुरण खबर
1.755K
Shares

काठमाडौं – साफ यू-१८ च्याम्पियनसिपमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भारत र बंगलादेशबीचको खेल सशस्त्र प्रहरीको हल्चोक मैदानमा दिउँसो तीन बजेपछि हुनेछ ।

समूह बीमा रहेको दुवै टिम सेमिफाइनल प्रवेशका लागि प्रबल दावेदारका रुपमा रहेका छन् । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई तीन शुन्यले हराउदै सेमिफाइनल नजिकै पुगिसकेको छ । भारत भने पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह बी मा बंगलादेश तनी अंक जोडेर शीर्ष स्थानमा छ । अंक विहिन भारत दोस्रो र श्रीलंका पुछारमा रहेको छ । गत सिजनको उपविजेता भारत यो पटक उपाधि भित्राउने प्रयत्नमा छ ।