काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीको साख गिर्न नदिन भएपनि मुलुकमा फेरी अर्को आन्दोलनको आवश्यकता रहेको औल्याएका छन् ।
दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले त्यस्तो शान्तिपूर्ण आन्दोलनको थालनी गर्न नसके नेपालका कम्युनिष्ट पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुने जिकिर गरे ।
उनले नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा जोड दिए ।