logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले पुरिएर मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियरको निधन


अंकुरण खबर
2.249K
Shares

काठमाडौं – मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको निधन भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको निधन भएको हो ।

उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सब ओभरसियर हुन् । बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो । उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

उद्धार छोडेर फोटो र भिडिओ खिच्न व्यस्त

स्थानीय एक ब्याक्तिका अनुसार माटोमुनि मान्छे रहेको थाहा पाउँदा पनि दुर्घटनास्थलमा पुगेकाहरू फोटो र भिडियो खिच्दै बसिरहेका थिए। दुर्घटना भएर माटो मुनि मान्छे पुरिएको थाहा पाउँदा पनि त्यति ठुलो भिडले फोटो र भिडियो खिचेको देख्दा कतै मानवता पनि हराएको हो कि भान पर्न गएको बताएका छन् ।

घटना घटे लगतै भिडले तुरुन्तै माटो पछाउँन सकेको भए कतै बाच्ने थिएकी भन्ने आश रहन सक्थ्यो एक स्थानिएले बताए ।