logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंमा घर पोत्ने माटो लिन गएकी महिलाको ढिस्कोमा पुरिएर मृत्यु


अंकुरण खबर
3.809K
Shares

काठमाडौं – माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउपालिकामा एक महिलाको मृत्यु भएको छ ।

दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली काँग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो ।

आइतबार बेलुका ५ बजे तिर घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृत्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।