logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा ट्रक र कार आपसमा ठोक्किँदा ५ जनाको मृत्यु


अंकुरण खबर
871
Shares

काठमाडौं – नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको मृत्यु भएको छ ।

राति सवा १० बजे कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुने पाँचै जना पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । र्दुघटनामा गम्भिर घाइते भएका पाँचै जनाको उपचारका लागि चितवन लैजाने क्रममा वाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कारमा फेला परेका कागजातले मृत्यु हुनेहरु देवचुलीको हुनसक्ने अनुमान गरिएको छ ।