काठमाडौं – भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनी (कार्टुन बनाउने उद्योग) मा आगलागी भएको छ ।
आज बिहान ३:३० बजे विद्युत् चुहावट भई आगलागी भएको हो । भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाईएको प्रहरीले जनाएको छ ।