logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कार्टुन उद्योगमा आगलागी


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनी (कार्टुन बनाउने उद्योग) मा आगलागी भएको छ ।

आज बिहान ३:३० बजे विद्युत् चुहावट भई आगलागी भएको हो । भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाईएको प्रहरीले जनाएको छ ।