logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा ११ को परीक्षाफल आज प्रकाशन गर्ने तयारी


अंकुरण खबर
3.068K
Shares

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । बिद्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

बिद्यार्थीहरुले नतिजा www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ ।