logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम, दिनभर कहाँ कस्तो रहला


अंकुरण खबर
1.976K
Shares

काठमाडौ – मंगलवार देशभरी आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । केही दिनयतादेखि मनसुन कमजोर बन्दै गइरहेको छ । मौसम विभागका अनुसार आज पश्चिम तराई र मध्य पश्चिम क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वी क्षेत्र र मध्य क्षेत्रमा अपराहन्नदेखि छिटफुट वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रको रसुवा, सिन्धुपाल्चोक, दोलखाको माथिल्लो भेग, धादिङको माथिल्लो हिमाली भेगमा मध्यम वर्षाको सम्भावना छ ।