logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासी दुर्घटना अपडेट : मृतक तीनजनाको सनाखत


अंकुरण खबर
3.211K
Shares

काठमाडौं – नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको मृत्यु भएकोमा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलाली धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा एक आपसमा ठोक्किएका हुन् ।