logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रकवि घिमिरेको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । ‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्,’ प्रधानमन्त्रीले गरेको ट्विटमा उल्लेख छ ।

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको हो ।