काठमाडौं – कृषि विकास बैंकको डेढ करोड रुपैयाँ सिस्टम ह्याक गरेर लुटेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
गत आइतबार सिरहाको लहानस्थित कृषि विकास बैंकको शाखाबाट डेढ करोड रुपैयाँ केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटिएको बताइएको छ । मंगलबार दिउँसो पक्राउ पर्नेमा सुजन कार्की, निमा तामाङ, लक्ष्मी तामाङ, सञ्जय घलेलगायत १० जना रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
कैलालीबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एकजना रेमिट्यान्सका कर्मचारी पनि रहेका छन् । धादिङ, कीर्तिपुर, सिराहा र कैलालीबाट गरी १० जना पक्राउ परेका हुन् । बाँकीको नाम गोप्य राखिएको छ । प्रहरी स्रोतले अनुसार उनीहरूको साथबाट ३१ लाख नगद बरामद गरिएको छ ।