काठमाडौं – देशभर हाल आंशिकदेखि सामान्य बदली भएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहितका क्षेत्रमा परेको पानी हाल केही कम भएको छ ।
अहिले थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ।
बुधबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
राति पनि देशभर सामान्य बदली हुनेछ । मध्य तथा पूर्वका केही तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।