काठमाडौं – केही दिनदेखि लगातार रुपमा बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । नेपाली बजारमा बुधवार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।