काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्याक गरेर लुटेको अभियोगमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । गत आइतबार सिरहाको लहानस्थित कृषि विकास बैंकको शाखाबाट डेढ करोड रुपैंया केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटिएको थियो ।
महानगरीय अपराध महाशाखाले बुधबार एक पत्रकार सम्मेलन गर्दै ५ करोड रुपैंया ह्याक भएको बताएको छ । बैंकको खाताबाट ३ जना व्यक्तिको नाममा पैसा ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १५ लाख पैसा भने कैलास बैंकमा पनि पठाइएको पाइएको छ । साथै, ५ अर्बसम्म ह्याक हुने सम्भावना देखिएको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनमार्फत हालसम्म ६० लाख बरामद भएको प्रहरीले बताएको छ । उक्त ह्याक प्रक्रियामा कर्मचारीको संलग्नता भएको वा नभएको भन्ने खुलिसकेको छैन् । ह्याकिङ सिस्टममा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको प्रहरीले जनाएको छ । यस्ता योजनामा संलग्न गिरोहले भारतमा पनि योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।