logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा गोली चल्यो, ४ जना डाँका पक्राउ


अंकुरण खबर
767
Shares

काठमाडौं – धनुषाको जनकपुर उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान जनकपुर उपमहानगरपालिकाको मूलद्वारसंगै रहेको जनकपुर फनिर्सङको सटर फुटाएर भित्र पसेको डाँकालाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको गौरका विनोद सिंह, रौतहटकै वृन्दावनका गगनदेव पटेल, भारत बिहारका ओजिर अन्सारी र इलियास राइन छन् । चारमध्ये रौतहटका सिंहलाई प्रहरीले हानेको गोली लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

गस्ती गरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले डाकालाई समातेको हो । प्रहरीलाई देखेपछि भाग्न खोज्दा तीन राउन्ड गोली चलाएको बताइएको छ ।