logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीकी खगित्रा शाहीले जन्माइन एकै पटक चम्ल्याहा शिशु


अंकुरण खबर
1.911K
Shares

काठमाडौं – धनगढीकी २७ वर्षीया खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छिन् । शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

आठ महिनाको गर्भलाई स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्की लगायतको चिकित्सक टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । अहिले ती शिशुको अवस्था सामान्य रहेको छ ।

नवजात तीन शिशुको तौल क्रमश १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका उपचारमा संलग्न डा. कार्कीले बताएकी छन् ।  ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।