तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा एक जना सुत्केरीको मृत्यु भएको छ । बुधबार राति रम्भा गाँउपालिका–४ हुमिनकी २४ वर्षीया विपीन्द्र सूर्यवंशीको मृत्यु भएको हो ।
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । सामान्य रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरेको तीन घण्टापछि उनको मृत्यु भएको आफन्तले बताएका छन् ।