logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको भाउ घट्यो, तोलामा कति ?


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।