logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रृंखलाबद्ध रूपमा चोरी गर्ने ८ जना चोरहरू पक्राउ


अंकुरण खबर
1.677K
Shares

गुल्मी जिल्लामा चोरीको घटनामा संलग्न भएको आशंकामा ८ जना पक्राउ परेका छन् । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।