logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चरेससहित एक युवती पक्राउ


अंकुरण खबर
936
Shares

काठमाडौं – मकवानपुर प्रहरीले आठ किलो चरेससहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ बर्षीया गीता राई रहेकी छिन् ।

काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ८ किलो १ सय ६० ग्राम चरेस बरामद भएको हो । उनलाई प्रहरीले हेटौंडा १० बसपार्कबाट पक्राउ गरेको हो ।