logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेट कार्यान्वयन हुने गरि काम गर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा उनले मन्त्रालयगत काम कारवाहीप्रति असन्तुष्टि जनाउदै छिटो भन्दा छिटो बजेट कार्यान्वयन गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक वर्षको पहिलो दुई महिनाको मन्त्रायगत कामकारवाही तिव्र गतिमा अघि बढ्न नसकेको भन्ने असन्तुष्टि जनाए । बैठकमा बजेट कार्यान्वयनमा देखिएको नीतिगत समस्याका बारेमा पनि छलफल भएको सहभागी मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो जिम्मेवारीलाई तदारुकताका साथ अघि बढाउन पनि निर्देशन दिएका छन् । उनले मुलुकको बिकासको बाटोमा अघि बढिरहेको भन्दै यसमा कर्मचारीहरु र सरोकारवाला सवै क्षेत्र तिव्र रुपमा गम्भीर भएर लाग्नुपर्ने धारणा पनि राखे ।

सबै मन्त्रालयको मन्त्री, सचिव लगाएत सहभागी बैठकमा सचिवहरुले मन्त्रालयगत काम कारवाही र बजेटको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए । यसअघि चौमासिक रुपमा मन्त्रालयगत प्रगति समिक्षा हुने भएपनि प्रधानमन्त्री ओलीले पहिलो दुई महिनाकै मन्त्रालयगत प्रगतिका बारेमा छलफल गरेका हुन् ।