logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचारका लागि काठमाडौं ल्याउँदै गरेका बिरामीले जामका कारण आमाकै काखमा संसार छोडे


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – नागढुङ्गा–नौबिसे सडकखण्डको जाम तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको निधन भएको छ ।

रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका रौतहटको गरुणा नगरपालिका–८ का ३५ वर्षीय रुपलाल साहको आज बिहान निधन भएको हो ।

पृथ्वीराजमार्गस्थित महादेवबेँसी बजारमा जाममा परेको बेला मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । उनी ना ७ ख ५३६४ नम्बरको बसमा रहेको प्रहरीको भनाइ छ । मृगौला पीडित साह लामो समय जाममा बस्नु परेकोले निधन भएको जनाइएको छ ।

आमा, भाइ र दाजुसँगै बसमा काठमाडौं आउँदै गरेका उनको आमाकै काखमा निधन भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।