logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – मौसममा बदली कायमै रहेकोले शुक्रबार पनि मुलुकका केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरी आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।