logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्यमा गिरावट


अंकुरण खबर
2.08K
Shares

काठमाडौं – सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २ सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।