काठमाडौं – राष्ट्रसंघको महासभामा पुगेका बेलामा नेपालले बोलाएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरेका छन् ।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा नेपाली समयअनुसार गए राति भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो धारणा राखेर बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसी सहभागी भएका थिए ।
सार्क अध्यक्षको हैसियतले नेपालले आयोजना गरेको बैठकमा भारतीय विदेशीमन्त्री जयशंकर रहु्न्जेल पाकिस्तानी विदेशमन्त्रीले बैठक बाहिस्कार गरे ।
भारतले अगस्ट ५ मा जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष राज्यको दर्ता दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ दिल्ली र इस्लामावादबीच तनाव बढेको छ । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ ।