काठमाडौं – दसैँको घटस्थापनाका दिन (असोज १२ गते) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।
घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग गरेका थिए । त्यही अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदाको निर्णय लिएको हो ।