बझाङमा कक्षा ९ मा अध्यनरत भान्जीलाई बलात्कार गरेको अभियोगमा ६३ वर्षिय मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको हो ।
पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको छ ।
उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ । बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।