logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप दुई जना पक्राउ


अंकुरण खबर
897
Shares

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा आज यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराईलाई पक्राउ गरेको हो।

भट्टलाई प्रहरीले ४६ लाख रुपैयाँसहित महेन्द्रनगरबाट पक्राउ गरेको हो भने भट्टराईलाई पवर्तको हुवासबाट २४ लाखसहित प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंक लाहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ विभिन्न व्यक्तिगत खातामा ट्रान्सफर भएको थियो। प्रहरीले यस प्रकरणसँग जोडिएका थप व्यक्तिहरुको खोजी गरिरहेको छ ।