logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ


अंकुरण खबर
3.419K
Shares

काठमाडौं – घुस रकमसहित पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

मौर्यलाई शुक्रबार दिउँसो २:१५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । प्रतापुर गाउँपालिका-२ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए ।

घुससहित पक्राउ परेका मौर्य लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीले जानकारी दिए ।