logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसम अझै किन सुधार भएन ?


अंकुरण खबर
845
Shares

काठमाडौ –  नेपालमा हाल विभिन्न मौसमी गतिविधि सक्रिय रहेको र अझै केही दिन मौसम सफा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको छ ।

यस्तै भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ । यस्तै भारतको उत्तर प्रदेशमा अर्को न्यून चापिय प्रणाली विकास भएकाले मौसम बदली भएको हो । अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय भएको मौसमविदले बताएका छन् ।

हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । पूर्वदेखि पश्चिमसम्मकै थोरै–थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

शनिबार दिनभर देशभरि सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।