काठमाडौं – नागढुङ्गा नौविसे खण्डमा यातायात आवागमन सहज हुँदै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा जाम पनि घटेको महाशाखाले दावी गरेको छ । सडक विभागले सडक मर्मत शुरु गरेपछि केहि स्थानमा यातायात आवागमनमा कठिनाई भएको र अहिले ममर्त कार्य सकिएकाले यातायातलाई सहज ढंगले अघि बढाइएको महाशाखाले जनाएको छ ।
अन्य समयको तुलनामा सवारी साधन बढ्ने भएकाले पनि केही चाप परेको ट्राफिक प्रहरीको भनाई छ । चाडवाडको मौसम नजिकिएसँगै दैनिक २४ हजारको हाराहारीमा सो नाका भएर यात्रुहरु भित्रिने र बाहिरिने गरेको महाशाखाले जानकारी दिएको छ ।