logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात किलो चाँदीसहित धनुषाबाट २ जना पक्राउ


अंकुरण खबर
884
Shares

काठमाडौं – धनुषामा ७ किलो अवैध चाँदीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ ६ बजे धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।