काठमाडौं – आर्थिक प्रगति वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गोकर्णेश्वर-५ जोरपाटी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । सहकारी ऐन २०४८ बामोजिम २०६७ चैत्र २५ गतेदेखि आर्थिक प्रगति वचत तथा ऋण सहकारी संस्था लि. विधिवत रुपमा सुरु भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानेन्द्र घलेले सदस्यहरुप्रति संस्थाको आ. व. २०७५ २०७६ को वासलत, नाफा, नोक्सान लगायत सम्पूर्ण वित्तीय विवरण सहितको लेखा परीक्षकको प्रतिवेदन पेश गरेका थिए ।
त्यसको लागि संस्थाको शेयर सदस्य संख्या, बचत संकलन, ब्याज आम्दानी र सुरक्षित ऋण लगानी,संस्थाको भावी कार्ययोजना लगाएतका विषयमा अन्य वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।
साथै कार्यक्रममा बडा दसैं, तिहार, छठ पर्व र लोसार लगायत नेपालीहरुको सम्पूर्ण सास्कृतिक पर्वको बारेमा शुभकामना आदान प्रदान गरिएको थियो ।