logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा गाडी दुर्घटना हुँदा पाँच जना घाइते


अंकुरण खबर
845
Shares

काठमाडौं – धादिङको केरुन्जामा गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

धादिङको धादिलापाङबाट धादिङबेसीको लागि छुटेको बा ४ ख ५७९३ नम्बरको गाडी नेत्रावती डबजोङ गाउँपालिका–५ केरुन्जामा दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भइ झण्डै चार सय ५० मिटर तल खेतमा खस्दा तीन जना महिला र दुई जना पुरुषगरी पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका ६४ वर्षीय दलबहादुर तामाङ, ५५ वर्षीया हस्तकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ, ४८ वर्षीय राजु परियार र ६० वर्षीया सन्तमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।