logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरको प्रेमबस्तिमा सवारी दुर्घटना : २ जना घाईते


अंकुरण खबर
1.898K
Shares

काठमाडौं –  भरतपुर महानगरपालिका प्रेमबस्ति मा।वि नजिक सवारी दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

भरतपुरबाट प्रेमबस्ति तर्फ जादै गरेको ना १६ प ४३३३ नम्बरको मोटरसाईकलाई गितानगरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना ३४ प ४३७९ नम्बरको स्कुटरले सो मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय गितानगरले जानकारी दिएको छ ।

घाईते हुनेमा स्कुटर चालक नारायणगढका ४५ बर्षीया बिरु महर्जन रहेका छन् भने अर्का मोटरसाईकल चालकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुबै घाईतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।