काठमाडौ – लामो समयपछि नौविसे–नागढुङ्गा सडकखण्डको अवस्था अहिले सामान्य बनेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सवारी साधनको गति सामान्य रहेको र जाम हटेको जनाएको छ ।
केही दिनअघि मात्रै लामो सवारी जामका कारण काठमाडौं नागढुङ्गादेखि धादिङ नौबिसे पुग्न सात आठ घण्टा लाग्दा हजारौ यात्रु प्रभावित बनेका थिए । लामो सवारी जामकै कारण विरामीले गाडीभित्रै मृत्यु भएको थियो । दिनहुँको लामो सबारी जामले यसपालीको दशैमा घर पुग्न सास्ती व्यहोर्नुपर्ने त होइन भन्ने अन्यौल भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई जाम हटाउन निर्देशन दिएका थिए ।
गृहमन्त्री थापाको निर्देशन लगतै राजमार्गमा सवारी आगमन सहज भएको छ । यता महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त समेत पारेको छ ।