logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फेसबुकमा रेनु दाहाललाई जथाभावी लेख्नेविरुद्ध प्रहरीमा उजुरी, एक जना पक्राउ अन्यको खोजीकार्य जारी


अंकुरण खबर
1.898K
Shares

काठमाडौं – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस लेखेको भन्दै प्रहरीले पशुपति श्रेष्ठलाई पक्राउ गरेको छ । नियोजित तरिकाले यस्ता पोष्टहरु गरेको भन्दै यस्ता पोष्ट राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको थियो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । विभिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको चरित्र हत्या गर्ने निकृष्ट र घृणित कार्य गर्नेविरुद्ध कानुनी कारवाहीका लागि जाहेरी दर्ता गरिएको महानगरपालिकाका मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।