काठमाडौं – रोल्पाको लुङग्री खोलामा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सोमवार दिउँसो ग १ ख ५५३७ नम्बरको बस सडकबाट झण्डै २०० मिटर तल झरेको हो ।
बसमा ३ जना सवार रहेको स्थानीयले बताएपनि अहिलेसम्म दुईवटा शव मात्र फेला परेको रोल्पा प्रहरीले जनाएको छ । दुईमध्ये एकको सनाखत भएको छ भने अर्का एक मृतकको सनाखत हुन सकेको छैन् ।
सनाखत हुनेमा रोल्पा जिल्ला लुग्रेका यमबहादुर घर्ति रहेका छन् । स्थानीयले अन्य एक व्यक्ति पनि बसमा रहेको बताएपछि प्रहरीले अहिले खोजी कार्य तीव्र पारेको छ । सांघुरो बाटो भएका कारणले बस फर्काउने क्रममा तल झरेको पाइएको प्रहरीले जनाएको छ ।