logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवातास खेल्ने ६ जना पक्राउ


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान कार्यालयबाट खटिई गएको प्रहरी टोलीले होटलमा छापा मारेर नगद ३० हजार ७ सय ७० रुपैयाँसहित होटल संचालक अन्तिम शाह, स्वामी कार्तिक गाउँपालिका २ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्र बहादुर शाही, रनदिप बुढा र जगन्नाथ गाउँपालिका ४ का जगत भण्डारीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको छ ।