logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से सुचक


अंकुरण खबर
1.534K
Shares

काठमाडौं – साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार नेप्से सुचक १० दशमलव ४२ अंकले सुधार भई १ हजार १ सय ३५ दशमलव ५६ बिन्दूमा पुगेर कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कुल १५७ वटा कम्पनीको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको ६ लाख ३३ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको दुई करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

यस दिन कारोबारमा आएका समूहमा अन्य समूहबाहेक सबै समूहमा सुधार भएको छ । जसमध्ये जीवन बीमा समूहको सुचक ७१ दशमलव ८६ अंकले बढेको छ । सोमबार युनियन हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यस कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ दशमलव ७० प्रतिशतले घटेको छ ।